दफा १०२
पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने

(१) कानून बमोजिम पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई पक्राउको सिलसिलामा वा पक्राउ गर्दा वानिजलाई पक्राउ गरिसकेको भए निजलाई पक्राउबाट उम्काउनको लागि कसैले जानीजानी बाधा बिरोध गर्न वा कानून बमोजिमथुनामा रहेको व्यक्तिलाई जानीजानी भगाउन वा भाग्नको लागि मद्दत गर्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरे वा गराएमा निजलाई उपदफा (२) मा उल्लिखित सजायको दोब्बर सजायहुनेछ ।